सिद्दार्थ डेभलपमेन्ट बैंकको २४ प्रतिशत बोनस

काठमाडौँ । सिद्दार्थ डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरको छ। बैंकले असोज ९ मा बसेको संचालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक बर्षको कमाइबाट २४ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ।

siddhartha

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीमा लाभांश वितरण हुने छ। बैंकले गत बर्ष ११ प्रतिशत बोनस शेयर दिएको थियो।  २४ प्रतिशत बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुंजी १ अर्ब ४१ करोड रुपैयाँ पुग्ने छ। हाल बैंकको चुक्ता पुंजी १ अर्ब १४ करोड रुपैयाँ रहेको छ।

गत आर्थिक बर्ष बैंकले ३३ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  सिद्दार्थ डेभलपमेन्ट बैंक, एकता विकास बैंक र नेपाल आवास फाइनान्स लिमिटेड एक आपसमा गाभिएर बनेको सिद्दार्थ डेभलपमेन्ट बैंकले गत जेष्ठ २४ देखि एकिकृत कारोबार सुरु गरेका छन ।