कुमारी बैंकको ५० प्रतिशत हकप्रद

काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई ५० प्रतिशत हकप्रद दिने भएको छ। बैंकको असोज ९ मा बसेको ७४ औ संचालक समितिको बैठकले शेयरधनीहरुलाई ५० प्रतिशत हकप्रद दिने प्रस्ताव गरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

kumari bank उक्त प्रस्ताव बैंकको आगामी बिशेष साधारण सभा र सम्बन्धित निकायले पारित गरेपछि मात्र शेयरधनीहरुमा हकप्रद वितरण हुने छ। असार १५ मा बसेको कुमारी बैंकको बिशेष साधारण सभाल मर्जरमा नजाने निर्णय पारित गरेपछी नेपाल कमर्शियल बैंक सहित अन्य ४ वित्तीय संस्थासंगको  मर्जर प्रक्रिया तोडिएको थियो।

नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउने योजना अनुसार बैंकले ५० प्रतिशत हकप्रद दिने निर्णय गरेको हो। बैंकले गत आर्थिक बर्ष ११ प्रतिशत बोनस शेयर बाँडेको थियो । ५० प्रतिशत हकप्रद वितरणपछि बैंकको चुक्ता पुंजी ४ अर्ब ३ करोड रुपैयाँ पुग्ने छ। हाल बैंकको चुक्ता पुंजी २ अर्ब ६९ करोड रुपैयाँ रहेको छ। बैंकले गत आर्थिक बर्ष ७४ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।