रिलायबल माइक्रो फाइनान्सको २० % नगद र ५० % हकप्रद

काठमाडौँ । रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आफ्ना लगानीकर्तालाई लाभाश तथा हकप्रद दिने भएको  छ । बैंकको आइतबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई २० प्रतिशत नगद लाभाश तथा ५० प्रतिशत हकप्रद दिने प्रस्ताव गरेको हो  ।

 reliable1

फाइनान्सको प्रस्ताव राष्ट्र बैंकको स्वीकृति र फाइनान्सको साधारण सभाले पारित गरे पछि वितरण हुने छ  । अघिल्लो वर्ष रिलायबलले १ करोड ८८ लाख खुद नाफा गरेको थियो  ।

माइक्रोफाइनान्सको चुक्ता पुंजी ५ करोड ६५ लाख रहेको छ  ।  ५० प्रतिशत हकप्रद वितरणपछि चुक्ता पुंजी ८ करोड ४७ लाख पुग्ने छ ।