८ अर्ब पुंजी पुर्याउनेमा पहिलो बन्यो इन्भेष्टमेन्ट बैंक

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंक ८ अर्ब पुर्याउने पहिलो बाणिज्य बैंक बनेको छ। असोज ११ मा बसेको ३० औ बार्षिक साधारणसभाले बैंकको संचालक समितिको २० प्रतिशत बोनस शेयर र २१ प्रतिशत नगद लाभांस प्रस्ताव अनुमोदन गरेसंगै नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउने पहिलो बैंक बनेको हो । nepal investment bank

इन्भेस्टमेन्ट बैंक गत आर्थिक बर्षको मुनाफाबाट लाभांस प्रस्ताव गर्ने पहिलो बाणिज्य बैंक बनेको थियो भने साधारण सभा पनि सबै भन्दा पहिले बोलाएको थियो । भदौ ६ गते बसेको बैंकको संचालक समितिको बैठकले लगानीकर्तालाई २० प्रतिशत बोनस सहित ४१ प्रतिशत लाभांस दिने प्रस्ताव गरेको हो।

भदौ २० सम्म कायम शेयरधनीहरुले मात्र बैंकको बोनस शेयर प्राप्त गर्ने छन। बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुंजी ८ अर्ब ७० करोड रुपैयाँ पुग्नेछ। हाल बैंकको चुक्ता पुंजी ७ अर्ब २५ करोड रुपैयाँ रहेको छ। बैंकले गत आर्थिक बर्षमा २ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।