बैंक अफ काठमान्डू लुम्बिनीको शेयर कारोबार खुला

काठमाडौँ । बैंक अफ काठमान्डु लुम्बिनी बैंक लिमिटेडको शेयर कारोबार बुधबार देखि खुला भएको छ। बैंक अफ काठमान्डू र लुम्बिनी बैंकको सफल मर्जरपछी असोज १२ देखि शेयर कारोबार खुला गरिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

bokl

नेपाल राष्ट्र बैंकबाट असार २४ गते मर्जरका लागि अन्तिम स्वीकृती पाएको बैंकले गत असार ३० देखि बैंक अफ काठमान्डु लुम्बिनी बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेको हो ।

मर्जरमा जानु अघि नेप्सेमा प्रति कित्ता ५८५ रुपैयाँमा कारोबार भइरहेको बिओकेएलको शेयर सो मूल्य भन्दा बढीमा कारोबार हुने अनुमान गरिएको छ। मर्जर प्रक्रियामा प्रवेश गरे पछि गत पुस ९ गतेदेखि रोक्का रहेको बैंकको शेयर कारोबार करिब १० महिना पछि खुल्न लागेको हो ।