जानकी फाइनान्सको २० प्रतिशत बोनस शेयर

काठमाडौँ । जानकी फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ। फाइनान्सको असोज १ मा बसेको संचालक समितिले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक बर्षको कमाइबाट २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलब ०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।

share

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र फाइनान्सको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुमा बोनस शेयर वितरण हुने छ। गत आर्थिक बर्ष फाइनान्सले २५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।  २० प्रतिशत बोनस शेयर वितरणपछि फाइनान्सको चुक्ता पुंजीमा ७ करोड २१ लाख रुपैयाँ थपिएर ३७ करोड २८ लाख पुग्ने छ। हाल फाइनान्सको चुक्ता पुंजी ३१ करोड ७ लाख रुपैयाँ रहेको छ।

गत आर्थिक बर्ष फाइनान्सले ७ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।