एनबी बैंकले प्रमाणपत्र धितोमा ऋण दिने

काठमाडौँ । नेपाल बंगलादेश बैंकले चार्टर्ड एकाउन्टेन्ट पढ्ने बिद्यार्थीलाई लक्षित गर्दै शैक्षिक प्रमाणपत्र धितो राखी कर्जा दिने भएको छ । शैक्षिक प्रमाणपत्र धितोमा ऋण दिने व्यवस्था मिलाउने सरकारको नीतिलाई सहयोग गर्ने उद्देश्यले यो योजना सुरु गरिएको जनाएको छ ।

nb bank

बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगाना र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) का अध्यक्ष महेश खनालबीच उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौता अनुसार आइक्यानले संचालन गर्ने सीए शिक्षाको अन्तिम तहमा भर्ना भएका विद्यार्थीहरुलाई अध्ययनको क्रममा सहुलियत दरमा ३ लाख रुपैयाँसम्मको शैक्षिक कर्जा उपलब्ध गराइने छ । उक्त कर्जा लिनका लागि पनि विद्यार्थीले सीएकै मध्यम तह उत्तिर्ण गरेको प्रमाणपत्र धितो राख्नुपर्ने छ ।