बिराटलक्ष्मी विकास बैंकको लाभांश घोषणा

काठमाडौँ । विराटलक्ष्मी विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। बैंकको असोज १३ मा बसेको संचालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक बर्षको कमाईबाट १८.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

birat1

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुने छ। गत बर्ष बैंकको २५ प्रतिशत् बोनस शेयर वितरण गरेको थियो।  १८.५० प्रतिशत बोनस शेयर बितरणपछि बैंकको चुक्ता पुंजी ५० करोड ३९ लाख रुपैयाँ पुग्ने छ ।

हाल बैंकको चुक्ता पुंजी ४२ करोड ५३ लाख रुपैयाँ रहेको छ। गत आर्थिक बर्ष बैंकले १० करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।