टिभीएसका नयाँ शो-रुम वीरगञ्ज र बालाजुमा

काठमाडौँ । शंकर ग्रुप अन्र्तगतको ‘टिभीएस मोटर कम्पनी’ को दुई नयाँ आधुनिक शो-रुम वीरगञ्ज र बालाजुमा सञ्चालनमा ल्याएको छ । दुवै शो-रुम मार्फत टिभीएसका बाइक तथा स्कुटरका सबै रेञ्जहरु उपलब्ध गराइएको हो ।

tvs

शो-रुमहरुमा टिभीएस अपाचे आरटीआर २००, ४ भी, अपाचे आरटीआर १६०, अपाचे आरटीआर १८०, जुपीटर, वीगो, जेष्ट, स्पोर्ट १००, फिनीक्स १२५ तथा स्टार सिटी प्लस ११० लगायत रहेका छन् । गत असोज १० गतेदेखि सञ्चालनमा आएका दुबै शो-रुममार्फत ग्राहकलाई फाइनान्स तथा एक्सचेञ्जको सुविधा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्नो एकहत्तरौ शो-रुम नेपालको उद्योग नगरी वीरगञ्जमा सञ्चालनमा ल्याएको हो ।