एनसेलको ‘दोब्बर पैसा ब्याक’अफर

काठमाडौँ । एनसेलले चाडपर्वको अवसरमा ‘दोब्बर पैसा ब्याक’ योजना ल्याएको छ ।

ncell logoएनसेलका सबै प्रिपेड ग्राहकले प्रत्येक दिन निश्चित रकम मेन ब्यालेन्सबाट प्रयोग गर्दा प्रयोग भएको रकमको दोब्बर रकम बोनस ब्यालेन्स स्वरुप फिर्ता पाउने जनाइएको छ ।

चाडपर्वको अवसर पारी आफ्ना ग्राहकलाई थप लाभ प्रदान गर्ने उद्देश्यले ल्याएको यो योजना असोज १३ बाट लागु भएको कम्पनीले जनाएको छ । एनसेलका सम्पूर्ण प्रिपेड ग्राहकले १७१२४ मा डायल गरि यो योजनामा निःशुल्क सहभागी भई लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।

सहभागितासँगै ग्राहकले बोनस प्राप्त गर्न आफुले प्रयोग गर्नुपर्ने रकमको जानकारी पाउने छन् । उक्त रकम बराबरको मेन ब्यालेन्स प्रयोग हुने बितिक्कै सोहि रकम बराबरको दोब्बर रकम बोनस ब्यालेन्सको रुपमा तत्काल प्राप्तगर्न सक्ने जनाइएको छ । प्राप्त बोनस रकम ग्राहकले एनसेल नेटर्वक भित्र कल गर्न, एसएमएस, एमएमएस पठाउन तथा ईन्टरनेट चलाउन प्रयोग गर्न सक्छन् । बोनस एक दिनमा एक पटक मात्र प्राप्त हुनेछ र प्राप्तबोनस त्यहिदिन मध्यरात सम्म मान्य हुनेछ ।

भोलिपल्ट पुनः तोकिएको रकम बराबरको मेन ब्यालेन्स प्रयोग हुँदा ग्राहकले दोब्बर बोनस प्राप्त गर्नेछन् । साथै ग्राहकले १७१२४ मा खालीम्यासेज पठाई आफुले प्रयोग गरेको रकमको जानकारी पाउन सक्नेछन् ।