हिमालयन बैंकको हकप्रद स्वीकृत

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ। बैंकल ७:१ अर्थात १४।२८ प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमतिका लागि धितोपत्र बोर्डमा आबेदन बुझाएको थियो।  बैंकले प्रति कित्ता १ सय रुपैयाँका दरले ६४ करोड २७ लाख ३५ हजार बराबरको ६२ लाख २७ हजार ३ सय ५० कित्ता हकप्रद निष्कासन गर्न लागेको हो।

himala

बैंकको शेयर निष्कासन तथा बिक्रि प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ।  हकप्रद वितरणपछि बैंकको चुक्ता पुंजी ५ अर्ब ११ करोड रुपैयाँ पुग्ने छ। हाल बैंकको चुक्ता पुंजी ४ अर्ब ४९ करोड रुपैयाँ रहेको छ। बैंकले गत आर्थिक बर्ष १ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।