एनआईसी एसियाको क्रेडिट र डेविट कार्डमा दसैं तिहार योजना

काठमाडौँ । एन आई सी एसिया बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखि दशैं तिहारको अवसरमा निःशुल्क क्रेडिट कार्ड योजना अघि सारेको छ ।

nic

निःशुल्क क्रेडिट कार्डसगैं यस महोत्सवमा वैदेशिक भ्रमणलाई लक्षित गरि ईन्टरनेशनल डेविट कार्ड मा विशेष छुट दिई मात्र रु.२५० मा सेवा लिन सकिने बैंकले जानकारी दिएको छ ।

शुल्कमा आकर्षक छुट दिई बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकहरुलाई लक्षित गरि यो योजना अगाडि सारेको हो । साथै रकम भूक्तानीको सहजिकरणका लागि बैंकले इन्टरनेट बंैकिङ, इसेवा, भौचर भरि बैंकको सम्पूर्ण शाखाबाट भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।

यो योजना ३० सेप्टेम्बर २०१६ देखि १५ अक्टुवर २०१६ सम्म लागु रहने बैंकले जनाएको छ । हाल बैंकले आफ्ना ७० वटा शाखा तथा ६९ वटा मार्फत ग्राहक समक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।