हिमालय एयरलाइन्सको आजबाट कोलम्बोमा सीधा उडान

काठमाडौँ । हिमालय एयरलाइन्सले आजदेखि काठमाडौं-श्रीलंका (कोलम्बो) हवाइ रुटमा सीधा उडान सुरु गर्दैछ । नयाँ एयरबसमार्फत हप्ताको तीन दिन कोलम्बोमा उडान भर्ने गरी एयरलाइन्सले तालिका तथा सेवा योजना तयार गरिसकेको छ । त्यसैअनुसार आज यो रुटमा पहिलो उडान हुँदैछ ।

himalay plane

हिमालयले प्रत्येक मंगलबार, बिहीबार र शनिबार कोलम्बोमा उडान भर्नेछ । तोकिएका दिनहरुमा विमान ११.३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने हिमालयन एयरको बिमान दिउँसो ३.१५ बजेको समयमा कोलम्बोमा अवतरण हुनेछ । फेरि अपरान्ह ४.१५ मा कोलम्बोबाट उडेर बेलकुी ८.१५मा विमान नेपाल आइपुग्ने छ ।