जेडटिइ स्मार्टफोन खरिदमा ‘क्यास ब्याक’ अफर

काठमाडौँ । नेपालका लागि जेडटिई स्मार्टफोनले दशैं क्यास अफर दिने भएको छ । कम्पनीको अधिकृत विक्रेता इभोलुशन इन्टरप्राइजेजले हालै सार्वजनिक गरेको जेडटिई ब्लेड भि ७ लाइट बजेड स्मार्ट फोनको खरिदमा यस्तो अफर घोषणा गरेको हो ।

कम्पनीले स्मार्ट फोन खरिदमा दशै क्यास ब्याकअफर र पावर बैंकको उपहार दिने जनाएको छ । थोरै रकममा आकर्षक फिचर भएको यो फोन खरिद गर्न सकिने जनाइएको छ । ब्लेड भि७ लाइटमा ५ इन्च को एचडी कर्भ एजडिस्प्ले, अगाडीको क्यामेरा १३ मेगपिक्सेल र पछाडिको क्यामेरा ८ मेगा पिक्सेल छ । २ जिबी र्याम र १६ जिबीको इन्टर्नन स्टोरेज, २५६ जिबीसम्म एक्स्टर्नल मेमोरी बढाउन सकिने छ । एन्ड्रोइड मार्सम्यालो ६.० अपरेटिङ सिस्टमा चल्ने यस फोनमा क्वार्ड कोर १ गिगाहज प्रोसेसरको प्रयोग भएको छ ।

फोनमा झिक्न नमिल्ने २ हजार ५ सय एमएएच ब्याट्री प्रयोग गरिएको छ । डुअल सिम, फोरजी सपोर्ट, एफएम रेडियो लगायत यसमा छ । स्मार्ट फोनको बजार मूल्य केवल १८ हजार ९ सय ९० छ । दशैलाई मध्यनजर गरेर कम्पनीले ७ सय दशै क्यास ब्याक अफर र २ हजार २ सय मूल्य पर्ने १० हजार एमएएचको पावर बैंक उपहर स्वरुप प्रदान गर्ने जनाएको छ ।