दशै तिहार: उपहार र अफरको बहार

(रामजी बलामी)

नेपालीहरुको महान पर्व दशै नजिकिएको छ । पूजापाठ र मिष्ठान भोजनको पर्व मात्रै होईन दशै किनमेलको अवसर पनि हो । धेरैजसो नेपालीहरुले लगाउने लुगाकपडादेखि चढ्ने सवारीसाधन र घरायसी सामाग्री किनमेलका लागि दशै कुरिरहेका छन् । एकातिर आम सर्वसाधारण आप्mनो उपभोग्य सामाग्री किन्न दशैं कुरेर बस्ने अर्काेतिर व्यापारीक कम्पनीहरुले विभिन्न प्रकारका स्किम र अफरहरु ल्याउने जसले दशै बजारको रौनक बढेको छ । यस पटक पनि विभिन्न व्यापारीक कम्पनीहरुले आकर्षक अफरहरु सार्वजनिक गरेका छन ।

कसको कस्ता–कस्ता अफर ?godrej

आइएमईको ‘आइएमई हात हुँदैन खाली’
आइएमई लिमिटेडले ‘आइएमई हात हुँदैन खाली’ नामक योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत विदेशबाट पैसा पठाउनेका आफन्तले उपहार प्राप्त गर्नेछन् । उपहारहरुमा तीनसय वटा चन्द्रागिरी केवरकारको टिकट, चार थान यूएम स्कुटर, सर्ट, पेन, स्टेश्नरी सेट, टर्च लगायतका रहेका छन् । यो योजना नेपालका १४७ आईएमई सेन्टर, ५२ सय भन्दा बढी रेमिटेन्स भुक्तानी केन्द्र तथा साझेदार बैंक तथा वित्तीय संस्थाहरुबाट प्राप्त हुने कम्पनीले जनाएको छ । यो योजना असोज १ गतेदेखि ३० गतेसम्म लागु हुने जनाएको छ ।

प्रभु मनीको ‘प्रभु लक्की सेभेन’
प्रभु मनी ट्रान्सफरले ‘प्रभु लक्की सेभेन’ नामक दशैं तिहार विशेष नयाँ योजना ल्याएको छ । यस योजना अन्तर्गत विदेशबाट पैसा पठाउँदा प्राप्त हुने नम्वरलाई लक्की ड्रमा राखेर भाग्यशाली विजेता छनोट गरिन्छ । उपहार योजना अन्तर्गत यामाहाको मोटरसाइकल, स्कूटर, टिभी, मोबाइल लगायत रहेका छन् । योजना असोज १ गतेदेखि कात्तिक २० गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।

सामसुङको ‘ईन्ष्ट्यान्ट क्यास ब्याक अफर’
सामसुङले ‘ईन्ष्ट्यान्ट क्यास ब्याक अफर’ सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत सामसुङको टिभी तथा होम अप्लायन्सेस सामाग्रीहरुको खरिदमा २० प्रतिशतसम्म क्यास ब्याक हुने जनाएको छ । ‘दशै आयो सामसुङ ल्याउँला क्यास ब्याक पाउँला’ नाम दिईएको यस योजना १५ सेप्टेम्वरदेखि १५ नोभेम्वरसम्म लागु हुने कम्पनीले जनाएको छ ।

डिस होमको ‘महाउत्सव’
डीटीएच सेवा प्रदायक कम्पनी डिस होमले ‘यो उत्सव, डिस होमले महाउत्सव’ योजना ल्याएको छ । योजना अन्तर्गत ५ हजार ९ सय ९९ रुपैंया पर्ने डिस होमको सेवा २ हजार ९ सय ९९ रुपैंयामै उपलब्ध गराएको छ ।

हुवावेको ‘एक से एक, यो दशैमा भाग्यशाली अनेक’
पछिल्लो समय आक्रामक बजार विस्तार गरिरहेको स्मार्टफोन हुवावे पनि दशै विशेष अफर सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत हरेक साता र हरेक १५ दिनमा विभिन्न उपहारहरु प्रदान गरिनेछ । हरेक हप्ता एक सय वटा पावर बंैक, २० वटा स्मार्टफोन र ४ जाएन्ट साइकल प्रदान गरिनेछ । भदौ २४ गतेदेखि लागु भएको यो योजना असोज २४ गतेसम्म लागु हुनेछ ।cg

रोयलको ‘दशैतिहारको बहार, जुत्ता किन्दा चप्पल उपहार’
रोयल फुटवेयरले ‘दशैतिहारको बहार, जुत्ता किन्दा चप्पल उपहार’ योजना ल्याएको छ । यस उपहार योजना अन्तर्गत रोयल शुको कुनै एक जोर जुत्ता किन्दा १ जोर चप्पल उपहार पाउनेछन् । साथै कम्पनीले चाडपर्वलाई लक्षित गर्दै एक सयभन्दा बढी नयाँ मोडलका जुत्ताहरु पनि बजारमा ल्याएको जनाएको छ । त्यस्तै शिखर शु ले पनि हरेक पुरुष जुत्ताको खरिद महिला जुत्ता उपहार दिने जनाएको छ ।

सीजीको ‘लेट्स सेलिब्रेट टुगेडर’
सीजी इलेक्ट्रोनिक्सले ‘लेट्स सेलिब्रेट टुगेडर’ अफर ल्याएको छ । कम्पनीले हरेक ब्राण्डका टिभी तथा होम अप्लायन्सको खरिदमा हात खाली नजाने उपहार योजना ल्याएको हो । ५५ इन्च वा सो भन्दा माथिको अल्ट्रा टिभीको खरिदमा एजी साउन्ड बरा एसएच ४ उपहार, ४३ इन्चदेखि ४९ इन्चसम्मको अल्ट्रा एचडी टिभी र ४३ देखि ५५ इन्चसम्मको नर्मल एलइडी टिभीको खरिदमा उपभोक्ताले क्रमशः एलजी एनपी ७५५० ब्लुटुथ स्पिकर र एलजी ब्लुटुथ स्पिकर प्राप्त गर्ने जनाएको छ ।

साइसुईको ‘सानसुई किनो, उपहार पाउँ’
सानसुईले ‘सानसुई किनो, उपहार पाउँ’ अफर ल्याएको छ । योजना अन्तर्गत सानसुईको रेफ्रिजेरेटरको खरिदमा यासुदाको आइरन, टिभीको खरिदमा इन्मजेन्सी लाइट, वासिङ मेसिनको खरिदमा यासुदा राइस कुकर लगायत उपहार दिने कम्पनीले जनाएको छ ।

गोदरेजको ‘इन्टेन्ट क्यास ब्याक अफर’
गेदरेजले ‘इन्टेन्ट क्यास ब्याक अफर’ ल्याएको छ । यस योजना अनुसार गोदरेजका रेफ्रिजेरेटर, वासिङमेसिन र माइक्रोवेभको खरिदमा क्यास ब्याक उपहारस्वरुप पाउनेछन् ।

टीसीएलको ‘टप थ्री गिफ्ट थ्री’
टिसिएलले दशैं र तिहारलाई लक्षित गरि ३ आकर्षक उपहार योजना ल्याएको छ । टिसिएल ‘टप थ्री गिफ्ट थ्री’ नामक योजनामा प्रत्येक टिसिएलका सामग्रीको खरिदमा उपहार योजना रहेका छन् । उक्त आकर्षक योजना अन्र्तगत ग्राहकले टिसिएलका टेलिभिजनहरुको खरिदमा ३४ हजार रुपैयाँसम्मको इन्ष्ट्यान्ट क्यासव्याक पाउनेछन् । साथै ग्राहकले रेफ्रिजेरेटर, वासिङ् मेसिनको खरिदमा आकर्षक टिसिएल इलेक्ट्रीक किट्ली र यएर कन्डिस्नरको खरिदमा फ्रि इन्स्टलेसन सुबिधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

सवारीसाधनमा अफरको होडवाजी
उत्कृष्ट रेसिङ बाइकका रुपमा लिईने अप्रिला बाइकले दशै तिहार योजना ल्याएको छ । कम्पनीले ‘दशै तिहार अनविलिभेवल डिस्काउन्ट अफर’ घोषणा गरेको हो । यस अन्तर्गत अप्रिलाको एसटीएक्स बाइक किन्दा १४ हजार रुपैंया र अप्रिलाको ईटिएक्स बाइक खरिद गर्दा १८ हजार रुपैंया छुट पाउने कम्पनीले जनाएको छ । प्रत्येक अप्रिला बाइकको खरिदमा तीन हजार रुपैंया पर्ने हेल्मेट सित्तैमा उपलब्ध गराउने जनाएको छ ।

त्यस्तै सिजी मोटो कर्पले ‘सुजुकी पर्वाेत्सव’ नामक योजना ल्याएको छ । यस योजना अन्तर्गत सुजुकीको गाडी किन्दा २ लाख रुपैंयासम्म छुट पाउनेछन् । साथै एक वर्षको सडक कर, बिमा र सर्भिसिङ शुल्क फ्रि गरि दिएको छ । त्यसै गरेर गो फोर्ड गो अटोमोबाइल्सले फोर्ड गाडीको खरिदमा ४ लाखसम्मको नगद छुटको अफर ल्याएको छ । साथै अनिवार्यरुपमा मोटरसाइकल, स्कुटर, टिभी वा मोबाइल उपहार पाउने व्यवस्था पनि कम्पनीले ल्याएको छ ।
यूएम बाइकको ‘फेस्टिवल हाई ५’ योजना सार्वजनिक भएको छ । योजना अनुसार यूएम बाइक तथा स्कुटरको खरिदमा ग्राहकले १०देखि १५ हजारसम्म छुट तथा वम्परमा ५ लाख रुपैंया जित्न सक्नेछन् ।

सिप्रदी ट्रेडिङले ‘यसपालिको चाड टाटाको कार’ नामक योजना ल्याएको छ । यस योजना अन्तर्गत टाटाको कार किन्दा यामाहाको बाइक वा स्कुटर अनिवार्यरुपमा पाउनेछन भने ५० हजारसम्मको नगद छुट पाउनेछन् । त्यसैगरी २५ हजारसम्मको उपकरणको खरिदमा पनि छुट दिएको छ । लक्की ड्रमार्फत एक जोडीलाई युरोप भ्रमणको मौका पनि दिने कम्पनीले जनाएको छ । हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरप्राइजेजले ‘हुन्डाई फेस्टिभ डिलाइट’ नामक योजना ल्याएको छ । कम्पनीले लाखौको नगद छुटका साथै लक्की ड्रमार्फत ७ सय तोला सुन तथा २ वटा कार उपहार प्रदान गर्ने जनाएको छ ।
त्यस्तै युनाइटेड ट्रेडर्सले ‘टोयोटाको गाडीमा गर्दै सवार, उमंगले मनाउ यो दशै तिहार’ अफर ल्याएको छ । स्कोडाले दशैतिहारलाई लक्षित गर्दै ४ दशमलव ५ प्रतिशतमा गाडी उपलब्ध गराएको छ । पूजा इन्टरनेशनलले ‘दशै तिहार भोल्कफेस्ट’ नामक योजना ल्याएको छ । जस अन्तर्गत ६ लाखसम्म नगद छुटका साथै बम्परमा टिभी र २४ क्यारेटको गोल्ड कार उपहार राखिएको छ । त्यस्तै स्याकार ट्रेडिङले ‘होण्डा माया’ अफर ल्याएको छ । दुगद ब्रदर्सले एक लाखसम्म छुटको योजना ल्याएको छ ।

त्यसै गरेर एचएच बजाजले ‘बजाज क्यास विस’ योजना सार्वजनिक गरेको छ । यामाहाले ‘टेक्नो ट्रिप टु टोक्यो’ योजना ल्याएको छ । त्यसै गरेर जगदम्वा मोटर्सले ‘टिभिएस तात्यो बजार, इन्स्ट्यान्ट १० हजार’ अफर ल्याएको छ । यस अन्तर्गत अपाची आरटीआर १६० तथा १८० सीसीको बाइकको खरिदमा ७ हजार रुपैंया पक्का छुट पाउनेछन् । त्यस्तै भीजी अटोमोबाइल्सले ‘भीजी सुजुकी धन धनाधन’ अफर ल्याएको छ । जस अन्तर्गत ७ हजारदेखि एक लाखसम्म छुट पाउने जनाएको छ ।