मुक्तिनाथ विकास बैंकको ३४ प्रतिशत बोनस शेयर

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले लगानीकर्तालाई ३४ प्रतिशत बोनस शेयर दिने भएको छ । बैंकको असोज १३ मा बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो ।

mukti

उक्त लाभांश बैंकको आगामी साधारणसभाले पारित गरेपछि र नेपाल राष्ट्र बैंकले स्वीकत प्रदान गरेपछि लगानीकर्तालाई वितरण गरिने बैंकले जानकारी दिएको छ ।