“बहार उत्सव, मोबाइल खरिदमा उपहारै उपहार”

काठमाडौँ । ललितपुरको लगनखेलस्थित ललितपुर मोबाइल कम्प्लेक्सले दशैं तथा तिहारको अवसरमा मोबाइल खरिदमा विभिन्न उपहार योजना सार्वजनिक गरेको छ ।  घटस्थापनाखि एक सातासम्म लागूहुनेगरि मोबाइल खरिदमा विभिन्न उपहार योजना ल्याएको हो ।

bahar

‘बहार उत्सव, मोबाइल खरिदमा उपहारै उपहार’ योजनाअन्तर्गत हरेक मोबाइलको खरिदमा न्यूनतम ७ देखि ७० प्रतिशतसम्मको छुट ग्राहकले प्राप्त गर्नेछन् । योजना अवधिमा प्रिमियम मोबाइल सेट खरिद गर्ने ग्राहकहरुले हरेक मोबाइलको खरिदमा अर्को मोबाइल सेट प्राप्त गर्नेछन् । यो अफरअन्तर्गत ह्वावे मेट ८, ह्वावे पी नाइन, सामसंग ग्यालेक्सी एस सेभेन तथा एस सेभेन एज, ग्यालेक्सी एस सिक्स तथा सिक्स एज, जियोनीको एस सिक्स एसको खरिदमा अर्को फिचर फोन निशुल्क प्राप्त गर्नेछन् ।
कम्प्लेक्सले हरेक मोबाइलको खरिदमा हात खाली नजाने योजनामा पावर ब्यांक, मेमोरी कार्ड, ब्लूटुथ हेडफोन, प्रिन्टेड कप, सेल्फी स्टिक, हेडफोन, स्पीकर प्राप्त गर्नेछन् । मोबाइल कम्प्लेक्समा न्यूनतम  ९०० देखि  १ लाख ४० हजार रुपैयाँ सम्मका विभिन्न ब्राण्डका फोनहरु उपलब्ध रहेका छन् ।
जसमा स्क्रयाच अफर, एसएमएस योजना, बम्पर पुरस्कार, क्यासब्याक, विभिन्न देशको टूरलगायतका मोबाइल खरिदमा लागू भएका योजना पनि एकैसाथ उपलब्ध हुनेछ । अन्तर्राष्ट्रियस्तरको नेपालको सबैभन्दा ठूलो मल्टिब्राण्ड मोबाइल शोरुम रहेको कम्प्लेक्सले आफ्ना ग्राहकहरुका लागि उत्सवको अवसरलाई आकर्षक बनाउन योजना ल्याएको कम्प्लेक्सका  बस्नेतले जानकारी दिए।
कम्प्लेक्समा सामसुंग, ह्वावे, जियोनी, कलर्स, आईफोन, एचटिसी, माइक्रोसफ्ट फोन, डिटिसी, ओवीआई, लाभा, सोनी, जेडटिईलगायत ब्राण्डका फोनहरु उपलब्ध छन् ।