इन्नोभेटिव र सेवा विकास बैंकको लाभांश घोषणा

काठमाडौँ । इन्नोभेटिव डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ। बैंकको असोज १४ मा बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई गत आर्थिक बर्षको कमाइबाट २१.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.१४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीमा लाभांश वितरण हुने छ। बैंकले गत बर्ष २१ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।  २१.७५ प्रतिशत बोनस शेयर बितरणपछि बैंकको चुक्ता पुंजी ३५ करोड ३६ लाख रुपैयाँ पुग्ने छ। हाल बैंकको चुक्ता पुंजी २९ करोड ५ लाख रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्ष बैंकले ६ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  त्यस्तै  सेवा विकास बैंक लिमिटेडले नगद सहित २० प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकको असोज १६ मा बसेको संचालक समितिको बैठकले लगानिकर्तालाई गत आर्थिक बर्षको कमाइबाट १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।  उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीमा लाभांश वितरण हुने छ ।

बैंकले गत बर्ष १८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो।  १९ प्रतिशत बोनस शेयर बितरणपछि बैंकको चुक्ता पुंजी ५० करोड ६३ लाख रुपैयाँ पुग्ने छ। हाल बैंकको चुक्ता पुंजी ४२ करोड ५५ लाख रुपैयाँ रहेको छ। गत आर्थिक बर्ष बैंकले १० करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।