सिद्धार्थ डेभलपमेण्टको शाखा स्थानान्तरण

काठमाडौँ । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडको तीनकुने सुविधानगरस्थित शाखा कार्यालय ललितपुरको कुमारीपाटीमा स्थानान्तरण भएको छ । नवनिर्मित शाखाको समुद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले गरेका हुन् ।

siddhartha

बैंकले एकता विकास बैंक लिमिटेड तथा नेपाल आवास फाइनान्स लिमिटेडसँग मर्जपछि नेपाल आवास फाइनान्स लिमिटेडको केन्द्री यकार्यालय भएको सुविधा नगर शाखा कुमारीपाटीमा स्थानान्तरण गरेको हो ।

बैंकको असार मसान्तसम्म १२ अर्ब ३२ करोड निक्षेप, १० अर्व ५८ करोड कर्जा तथा चुक्ता पुँजी १ अर्व १४ करोड रहेको छ । असार मसान्तसम्म ३३ करोड १३ लाख खुद मुनाफा आर्जन गरेको बैंकलेु सेयरधनीलाई २४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

बैंकले ३३ शाखा कार्यालय मार्फत १ लाख ५० हजार ग्राहकलाई अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।