जतिको मोबाइल रिचार्ज त्यति नै क्यास ब्याक

काठमाडौँ । ग्लोबल की टेक्नोलोजी प्रालिले मोबाइल एप्स रिचार्जर सोमबार नेपाली बजारमा सार्बजनिक गरेको छ । दशैं तिहारको अबसर पारी मोबाइल रिचार्ज गर्दा रिचार्ज बराबर नै क्यास ब्याक दिने नयाँ एप सार्वजनिक गरेको हो ।

recharge card

एप्स प्रयोगकर्ताले एनटिसी अथवा एनसेल मोबाइल रिचार्ज गर्दा सोही रकम बराबरको क्यास ब्याक प्राप्त गर्नेछन् । यसरी जम्मा भएको क्यास ब्याक रकम अनलाइन सपिङ गर्दा, फिल्म हेर्दा, रेष्टुरेन्टमा खाँदा, फ्लाइट बुक गर्दा तथाएप्सले उपलब्ध गराउने अन्य सेवाहरुमाखर्च गर्न सकिने बताइएको छ । यो एप्स एन्ड्रोइड प्रयोगकर्ताले गुगल प्लेस्टोरबाट र एपस्टोरबाट रिचार्जर टाइप गरि निःशुल्क डाउनलोड गर्न सक्नेछन ।

यो एप्स १ सय भन्दा बढी आधिकारिक फेसबुक र इन्स्टाग्राम सपिङ पेजहरुको छुट्टै सपिङ हब हो । एन्ड्रोइड फोन प्रयोगकर्ताहरुले जुनसुकै स्रोतबाट मोबाइल रिचार्ज गरेपनिबिना इन्टरनेट क्यासब्याकप्राप्तगर्न सकिने यो एप्स स्मार्टफोन प्रयोगकर्ताहरुलाई लक्षितगरि ल्याइएको ग्लोबल की टेक्नोलोजी प्रालिका प्रेशिडेन्ट अलाइभ ग्लाइडरले जानकारी दिए ।

एप्स मार्फत अनलाइनमा खरिद गरिएको सामानको डेलिभरी घरमै गर्ने ब्यबस्थामिलाइएको समेत बताए ।