मिर्मिरे माइक्रोफाइनान्सको ५० प्रतिशत बोनस शेयर

काठमाडौँ । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले लगानीकर्तालाई ५० प्रतिशत बोनस शेयर दिने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले ५० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि २ दशमलव ६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

share

कम्पनीले गत वर्षको मुनाफाबाट लगानीकर्तालाई उक्त लाभांश दिन लागेको हो । कम्पनीको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांस राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि वितरण गरिने कम्पनीले जनाएको छ ।