बाग्लुङमा लक्ष्मी बैंकको ५५ औ शाखा कार्यालय संचालनमा

काठमाडौँ । लक्ष्मी बैंक लिमिटेडले आफ्नो ५५ औ शाखा कार्यालय बाग्लुङमा संचालनमा ल्याएको छ । आफ्ना ग्राहकहरु माझ बैंकिङ सेवामा सहजता पुर्याउने लक्ष्य अनुरुप बाग्लुङ नयाँ शाखा कार्यालय संचालनमा ल्याइएको बैंकले जनाएको छ । laxmi1

५५ शाखा कार्यालयको रुपमा बाग्लुङमा संचालनमा ल्याइएको सो शाखा कार्यालयबाट ग्राहकहरुलाई सुविधाजनक नयाँ निक्षेप योजनाहरु र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरुका साथसाथै व्यक्तीगत तथा साना व्यवसाय कर्जा सेवाहरु प्रदान गर्ने बैंकले जनाएको छ ।

बैंकले व्यक्तिगत तथा साना व्यवसाय बैंकिङ्ग सेवाको दायरालाई फराकिलो पार्दै जाने लक्ष्य लिएको छ । बाग्लुङमा नयाँ शाखा कार्यालय संचालनमा आएसंगै बैंकको शाखा संख्या ५५ पुगेको छ। हाल बैंकले आफ्ना ग्राहकहरुलाई २ विस्तार काउन्टर र ७५ एटिएमबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।