एनसेलको बाइक प्रेम कृष्णलाई

काठमाडौँ । मोबाइल सेवाप्रदायक एनसेलले आफ्नो ‘च्यानल लोयल्टी’ योजना अन्तर्गत काठमाडौंको ठमेलमा रहेको एमपी मेड प्रालिका सञ्चालक प्रेम कृष्ण श्रेष्ठलाई मोटर साइकलउपहार दिएको छ ।

ncell

एमपी मेड प्रालि एनसेलको सिम कार्ड, रिचार्ज कार्ड र अन्यप्रोडक्ट ग्राहकसम्म पुर्‍याउने १०,००० आधिकारिक रिटेलरहरु मध्य एक हो ।  श्रेष्ठलाई एनसेलको  बागमती सेल्स टिमले एक कार्यक्रममाझ बाइक उपहार प्रदान गरेको हो ।
रिटेलरले  उनीहरुले गरेको बिक्रीका आधारमा उपहार पाउँछन् । एमपि मेड प्रालि सबभन्दा धेरै बिक्री गर्ने रिटेलरहरु मध्ये एक हो ।