भिबोर बैंकको नारायणगढ शाखा स्थानान्तण

काठमाडौँ । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले नारायणगढ शाखा स्थानान्तरण गरेको छ। नारायणगढको पुरानो वजार क्षेत्रमा रहेको शाखा मुख्यवजार क्षेत्र, पूर्व पश्चिम राजमार्ग अन्तर्गत भरतपुर नगरपालिका- ४, लायन्स चोकमा स्थानान्तरण गरेको हो ।

viborशाखा स्थानान्तरण गर्दै बैंक अध्यक्ष सुशिलराज पराजुलीले भिवोरसँग चितवनवासीसँग गहिरो सम्बन्ध विस्तार भइ सकेको बताए । बैंकले निक्षेप एवं कर्जा सुविधा लगायत समग्र बैंकिङ सेवा आधुनिकीकरण र परिमार्जन गर्दै लगेको जानकारी दिए।

काठमाडौँमा केन्द्रिय कार्यालय रहेको बैंकले ४२ शाखा सञ्जालहरु र एक एक्सटेन्सन मार्फत सेवा दिँदै आएको छ। हाल बैंकको चुक्ता पुँजी एक अर्ब ८१ करोड रुपैयाँ रहेको छ ।