प्रभु हेलिकप्टर ः प्रभुको अर्को नयाँ अमेरिकन हेलिकप्टर नेपाली आकाशमा

काठमाडाै । प्रभु समूह अन्तर्गतको भगिनी संस्था प्रभु हेलिकप्टरले अमेरिकामा निर्मित Robinson R66 नंया हेलिकप्टर नेपालमा भित्र्याएको छ । यही २०७३ असोज २३ गते पोखरामा सफलतापुर्वक परिक्षण उडान सम्पन्न गरेको उक्त हेलिकप्टरद्वारा चाडै नै नेपाली आकाशमा व्यवसायिक उडान शुरु गर्ने लक्ष्य रहेको जानकारी कम्पनीले गराएको छ । यो सहित प्रभु हेलिकोप्टसंग अहिले अमेरिकामा निर्मित दुई वटा हेलिकोप्टर रहेको छ । पोखरा र काठमाडौँमा आधार बनाएर हेलीकप्टरद्वारा दैनिक Sight-seeing, Mountain Flight, Air Ambulance, Rescue Flight इत्यादी उडानहरु गर्ने योजना रहेको कम्पनीले जनाएको छ । दक्ष प्राविधिकद्वारा सर्व सुलभ दरमा सुरक्षित उडान सेवा गर्ने कम्पनीको उद्देश्य रहेकोछ । कम्पनीको पोखरामा आफ्नै HANGAR मा नियमित परिक्षण तथा मर्मत सम्भार गरि सुरक्षित तथा भरपर्दो सेवाकोे प्रत्याभूति गरिएको छ । प्रभु हेलिकप्टरले क्रमिक रुपमा नँया हेलिकप्टरहरु थप्दै हवाई क्षेत्रमा गुणस्तरीय सेवा दिंदै पर्यटन क्षेत्रको विकासमा टेवा पु¥याउने योजना राखेको छ ।