चन्द्रागिरि केबलकारको टिकट आईएमई सेन्टरमा

काठमाडौँ । काठमाडौँबाट नजिकै रहेको चन्द्रागिरि केबलकारको टिकट अब उपत्यका भित्रका २४ आईएमई सेन्टरबाट लिन सकिने भएको छ । बढ्दो चापसँगै टिकटकै लागि लाईन बस्नुपर्ने अवस्थालाई दृष्टिगत गर्दै आम सेवाग्राहीको सेवाका लागि यस्तो सेवा उपलब्ध गराईएको चन्द्रगिरि हिल्स लिमिटेडले जनाएको छ ।

cable car

आईएमई सेन्टरहरुले नेपाली नागरिकहरुलाई मात्र टिकटविक्री गर्न सक्नेछन । यसरी विक्री भएका टिकटको वैधता तीन महिनासम्म मात्र हुनेछ । उपत्यका भित्रका आईएमई सेन्टरको पूर्ण विवरण चन्दगिरि हिल्स लिमिटेडको आधिकारीक वेभसाईटमा राखिएको कम्पनीका पब्लिक रिलेशन म्यानेजर राजु पौडेलले जानकारी दिए ।