दशै बिदापछि खुलेको शेयर बजार टिका जस्तै राताम्मे

काठमाडौँ । दशैँपछि खुलेको शेयर बजारले पनि दशैँकै झल्को दिएको छ । दशैको बिदापछि आइतबार खुलेको बजार दशैको ‘रातो टिका’ जस्तै राताम्मे भएको छ । आइतबार कारोबारमा आएको सबै समुहगत घटेको रातो हुँदा नेप्से १६.१४ अंकले घटेको छ । ०.६९ प्रतिशतले बढेको नेप्से १८०३.७४ बिन्दुमा रोकिएको छ   ।

कारोबार खुलेदेखि नै ओरालो लागेको बजारमा १ सय २२ कम्पनीका ७ लाख ६७ हजार ५ सय ४४ कित्ता शेयर खरिद बिक्रिबाट ६० करोड ८ लाख ६३ हजार ७ सय १४ रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको छ ।

आइतबारको कारोबारमा सबै भन्दा बढी कुमारी बैंक लिमिटेडको १७ करोड बराबरको कारोबार भएको छ ।  अन्य बढी कारोबार हुने कम्पनीहरुमा प्रभु इन्स्योरेन्स, बैंक अफ काठमान्डौ लुम्बिनी,  एभरेष्ट बैंक, ज्योति विकास बैंक रहेका छन। ज्योति विकास बैंकको शेयर मूल्य पनि १० प्रतिशतले बढेको छ ।

आजको कारोबारमा  बढी कमाउनेमा ज्योतो विकास बैंक, कामना विकास बैंक, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, अपि पावर कम्पनी, जन उत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ता रहेका छन्  ।

त्यस्तै दोहोरो अंकले घटेको बजारमा गुमाउनेमा पुर्णिमा बनक लिमिटेड, प्रभु इन्स्योरेन्स लिमिटेड, नेपाल ग्रामिण विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक लिमिटेड, सोल्टी होटेलका लगानीकर्ता रहेका छन् ।