बजाजको ‘भी १५’ को नयाँ संस्करण बजारमा

काठमाडौँ । बजाजले ‘भी १५’  को नयाँ संस्करण बजारमा ल्याएको छ। निकै लोकप्रिय मानिएको यो मोटरसाइकल कम्पनीले नयाँ रङमा ल्याएको छ।

यस अघि सेतो, रातो र कालो रङमा उपलब्ध हुँदै आएको बजाजको ‘भी १५’ मोटरसाइकल अब निलो रङमा समेत उपलब्ध हुने भएको छ।निलोमा सेतो रङको थोरै मिश्रण भएको नयाँ रङले मोटरसाइकललाई नयाँपन दिएको छ ।

१४९.५ सिसिको इन्जिन भएको यो मोटरसाइकलको मूल्य नेपाली बजारमा २ लाख रुपैयाँभन्दा बढी पर्ने कम्पनीले जनाएको छ ।