भिबोर सोइसाइटी र बुम रेमिटबीच सम्झौता

काठमाडौँ । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक र बुम रेमिट्यान्स प्रालिबीच बुम रेमिटबाट पठाएको विप्रेषण रकम भुक्तानी सम्झौता भएको छ ।

vibor1

सम्झौतापछि बुम रेमिटमार्फत विदेशबाट पठाएको रकम भिबोर सोसाइटीका ४२ शाखा तथा १ एक्सटेन्सन काउन्टरमार्फत ग्राहकलाई भुक्तानी दिइनेछ ।

बुम रेमिट सफ्टवेयरमार्फत आन्तरिक विप्रेषण कार्य गर्न पनि दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौतापत्रमा भिबोर सोसाइटीका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाल र बुम रेमिटका प्रबन्ध निर्देशक धीरेन्द्र पन्तले हस्ताक्षर गरेका थिए ।