हिमालयन बैंकले ३० प्रतिशत बोनस सेयर दिने

काठमाडौं, १५ मंसिर । हिमालयन बैंक लिमिटेडले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिने भएको छ । हिजाे बसेको बैंक सञ्चालक समितिको बैठकले ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.५७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बैंकले पछिल्लो समय निस्काशन गरेको हकप्रद सेयरले उक्त बोनस सेयर नपाउने बैंकले स्पष्ट पारेको छ ।