यातायातमन्त्री लेखकले चन्द्रागिरी केवलकार चढे

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले चन्द्रागिरी हिल्स लिमिटेडको अनाैपचारिक अवलोकन भ्रमण गरे । साे अवसरमा लेखकले चन्द्रागिरी डाँडामा अवस्थित भालेश्वर महादेव मन्दिरमा पूजा अर्चनासमेत गरे । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरी डाँडामा कम्पनीले निर्माण गरेका पूर्वाधारहरु, भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हलको अवलोकन गरे ।

उनले भ्यू टावरमा रहेको दुर्विनबाट सगरमाथा लगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन पनि साेही अवसरमा गरे । अवलोकन भ्रमण पछि कम्पनीको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरे ।