एनसेल सर्वोत्कृष्ट विज्ञापन करदाताबाट सम्मानित

काठमाडौं । काठमाडौं महानगरपालिकाले जिएसएम मोबाइल सेवाप्रदायक कम्पनी एनसेललाई गत आर्थिक वर्षमा सबैभन्दा बढी विज्ञापन कर बुझाएकाे भनेर  सम्मान गरेको छ। काठमाडौं महानगरपालिकाले एनसेललाई  सम्मान स्वरुप कदर पत्र प्रदान गरेको हो ।

काठमाडौं महानगरपालिकाको २९ औं महानगर परिषदद्बारा पारित बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण समारोहमा एनसेललाई सम्मान गरिएको हो । संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले एनसेलका सुरक्षा निर्देशक महेन्द्र भट्टचनलाई कदर पत्र हस्तान्तरण गर्दै सम्मान गरेका  थिए ।