बाफिया पारितः अब बैंक सञ्चालक र सीईओ दुई कार्यकाल मात्रै बन्न पाउने

काठमाडाै  । संसद्ले बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुन (बाफिया) संशोधन र एकीकरण गर्न बनेको विधेयक  मंगलबार पारित गरेको छ । अर्थ समितिबाट दोस्रो पटकको संशोधनपछि संसद्मा पेश भएको बाफिया  जस्ताको त्यस्तै पास भएको संसद्को अर्थ समितिले वताएकाे छ। अब राष्ट्रपतिबाट लालमोहर लागेपछि ऐन कार्यान्वयनमा जाने वतार्इएकाे छ ।