पुननिर्माण प्राधिकरणका प्रमुख ज्ञवाली हटाइए, डा. पोखरेल नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय पुननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी सुशील ज्ञवालीलाई हटाएको छ । उनीलाई हटाएर प्राधिकरणको प्रमुख कार्यकारीमा डा. गोबिन्दराज पोखरेललाई नियुक्त गरिएको छ ।  मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई हटाएर डा. पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको हो । डा. पोखरेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन् ।