लक्ष्मी बैंकको बम्पर बोनस, ३८ प्रतिशत प्रस्ताव

काठमाडौं । लक्ष्मी बैंकले आफ्ना सेयरधनीलाई ३८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । साे बोनस राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारणसभामा प्रस्तुत गरिने वतार्इएकाे छ । बैंकले दिने बोनस प्राप्ति प्रक्रियामा रहेको प्रोफेसनल दियालो विकास बैंकका सेयरधनीले समेत पाउनेछन् ।

बैंकले जारी गर्न लागेको १ बराबर १ हकप्रद भर्ने सेयरधनीले समेत गत बर्षको नाफाबाट बोनस पाउनेछन् । प्रोफेसनल दियालो विकास बैंक र सत प्रतिशत हकप्रद भरेका सेयरधनीले समेत बोनस पाउने भएकाले त्यतिखेर बोनसको प्रतिशत भने घटेर त्यतिखेरको कायम हुने चुक्ता पूँजीअनुसार १८.२९ प्रतिशत हुने बैंकले वताएकाे छ । अहिले कायम रहेका सेयरधनीको हिसाबमा भने यो बोनस बम्पर नै रहेकाे बैंकले जानकारी दिएकाे छ ।