मेगा बैंकमा १२३ जनालाई रोजगारीको अवसर

काठमाडौँ । देशैभरी विभिन्न २८ ठाउँमा शाखा रहेको मेगा बैंकले एकैपटक १ सय २३ जना कर्मचारी मागेाकाे  छ । बैंकले व्यवस्थापकीय तहमा ६ जनाको लागि अावेदन खुल्ला गरेको छ । उक्त पदका लागि १४ वर्षको अनुभवसहित मास्टर्स गरेको हुनुपर्नेछ वताएकाे छ । यस्तै बैँकले ६ वर्षको अनुभवसहित व्यवस्थापन, व्यापार अध्ययन, व्यापार व्यवस्थापन, अर्थलगायतका संकायमा स्नातक वा मास्टर्स गरेको ४० जनाका लागि अधिकृत तहमा दरखास्त खुल्ला गरेको छ ।

बैंकले सहायक तहमा ७७ जना कर्मचारी माग गरेको छ । साे पदका लागि ३ वर्षको अनुभवसहित व्यवस्थापन, व्यापार अध्ययन, व्यापार व्यवस्थापन, अर्थ, लगाएतका संकायमा स्नातक वा मास्टर्स गरेको हुनुपर्नेछ । व्यवस्थापनका लागि ४५ वर्ष, अधिकृतका लागि ३५ वर्ष तथा सहायकका लागि ३० वर्ष उमेर ननाघेको उम्मेदवारले निवेदन दिन सक्ने जानकारी बैंकले गराएकाे छ । ईच्छुक व्यक्तिले माघ १२ गतेसम्म दरखास्त दिन सक्नेछन् । ईच्छुक र योग्यता पुगेका व्यक्तिले  http://megabanknepal.com/jobs मा लग इन गरेर निवेदन दिन सक्ने बै‌ककाे जारी सूचनामा छ ।