ठग सहकारी सञ्चालकलाई १० वर्षसम्म जेल सजायँ

काठमाडौं । सहकारी सञ्चालकले ठगी गरेमा १० वर्षसम्मको जेल सजायँ हुने नयाँ कानुनी व्यवस्था छ । संसदले भर्खरै पारित गरेको सहकारी विधेयक—२०७४ अनुसार उक्त सजायँ तोकिएको हो । संसदबाट पारित विधेयकलाई राष्ट्रपतिले प्रमाणित गरेपछि ऐनको रुपमा कार्यान्यनमा आउनेछ । सहकारी सञ्चालन गर्न कम्तिमा ३० जना नेपाली नागरिक संस्थापक शेयर सदस्य आवश्यक पर्ने विधेयकमा उल्लेख छ ।

सहकारी संस्थाले शेयर र जगेडा कोषको १० गुणासम्म निक्षेप संकलन गर्न पाउने व्यवस्था गरिएको छ । नयाँ ऐनले वार्षिक २ करोडभन्दा कम कारोबार भएका सहकारीमा मात्र कार्यकारी सञ्चालक बस्न पाउने व्यवस्था छ ।