प्रभु इन्स्योरेन्सले १९ प्रतिशत बोनस र ४६ प्रतिशत हकप्रद जारी गर्ने

काठमाडौं । प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १९.२० प्रतिशत बोनस सेयर दिने वताएकाे छ । यससँगै कम्पनीले कर प्रयोजनको लागि १.०१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साे प्रस्ताव असोज २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो भने बैठकले १९.२० प्रतिशत बोनस सेयर पश्चात ४६ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ ।

अहिले कम्पनीको पुँजी ५७ करोड ७५ लाख रुपैयाँ छ । १९.२० प्रतिशत बोनस सेयर पश्चात कम्पनीको पुँजी ६८ करोड ८४ लाख रुपैयाँ पुग्ने वतार्इएकाे छ । बोनस पश्चात कायम भएको चुक्ता पुँजीको ४६ प्रतिशत हकप्रद निष्काशन गर्ने कम्पनीले जनाएको छ । सो मात्राको हकप्रद सेयर पश्चात कम्पनीको पुँजी एक अर्ब रुपैयाँ नाघ्ने छ ।