रिलायवल लाइफले ल्यायो करोडपति बन्ने योजना

काठमाडौं । रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीले लिमिटेडले करोडपति बन्ने योजना सार्वजनिक गरेकाे छ । जीवन बीमा कारोबार सुरु गरेको दिन रिलायवलले मासिक ८ हजार ८१७ रुपैयाँ बीमा शुल्क भुक्तानी योजना ल्याएको हो । आगामी ४० वर्षपछि १ करोड रुपैयाँ फिर्ता दिने कम्पनीले उल्लेख गरेकाे छ ।
“हामी सबै बन्न सक्छौ करोडपति मात्र चाहिन्छ इच्छाशक्ति” नाराका साथ ल्याएको रिलायवल धनपति जीवन बीमा योजनाले सानो बचतबाट करोडपति बन्न सकिने  कम्पनीले वताएकाे छ । याे योजनामा बिमितले न्युनतम ५ लाख रुपैयाँदेखि माथि जतिसुकै परिपक्वता मूल्य छनौट गरी बीमा गर्न सक्ने कम्पनीले जनाएको छ ।