माछापुच्छ्रे बैंकले १५ प्रतिशत लाभांश दिने

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । बैंकले १२ प्रतिशत हकप्रद सेयर पश्चात कायम हुने पुँजीको ९ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश(बोनस सेयर तथा नगद लभांशमा लाग्ने कर समेत) गरी सो मात्राको लाभांश दिने निर्णय गरेको छ ।उक्त निर्णय कात्तिक २ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो ।