नयाँ अनुहारहरूले नेतृत्व पाउँदैछन्

अशोक शेरचन
प्रमुख कार्यकारी अधिकृत, प्रभु बैंक

गत भदौ ३१ गते मर्जरको काम सकियो । एक महिनाभित्रै पहिलो त्रैमास पनि आयो । त्यो बेला उठ्नुपर्ने केही ऋणहरू उठेनन् । त्योभन्दा पछिको त्रैमासमा जुन किसिमले ऋणीहरूलाई प्रस्ताव ग¥यौं, त्यसले बजारमा राम्रो सन्देश दिएको छ । नउठ्ला की भनेर चिन्ता लागेको पैसा उठेपछि हामीलाई राम्रो भयो । ऋण लिनेहरु पनि सकेसम्म हाम्रो बैंकको अवस्थालाई हेरेर र आप्mनो भविष्यलाई पनि हेरेर सहयोग गर्न सकिन्छ कि भनेर सम्पर्कमा आएपछि बैंकको अवस्था ठीक भएको हो । बैंकबाट लोन निकालेर बैंकलाई सहयोग गर्नेहरुलाई पनि हामीले सहयोग नै गरेका हौं । वास्तवमा अहिले हामीले केही जग्गाजमीनहरू बिव्रmी गर्न सक्यौं । शत प्रतिशत प्रोभिजनिङ गरिएका ऋण खाताहरूको राइट ब्याक पनि हुँदै गयो । जसका कारण निकै छोटो समयमा नै हामीले ठूलो उपलब्धि हाँसिल गर्यौं । छोटो अवधिमा अर्थात् तीन महिनाको अवधिमा हामीले राम्रो नाफासहित बैंकलाई लिएर आउन सकेका छौं । हामीबाट लोन लिने ग्राहकहरुले गरेको सहयोगले लोन छिटो उठ्यो ।
अहिले खराब कर्जा ११ प्रतिशतमा झरेको छ । यो अघिल्लो त्रैमासमा १६ प्रतिशतजति थियो ।asok

हामीसँग अझैपनि दुई अर्ब ८५ करोडजति खराब कर्जा रहेको छ । अब एक अर्बजति उठाउँछौं । त्यसपछि बाँकी रहेको अर्को एक अर्ब ८५ करोडजति उठाउन अलिकति मुस्किल पर्ने देखिन्छ । ती लोन लिनेहरु र धितो तथा त्योसँग सम्बन्धित ऋणीहरू कमजोर पृष्ठभूमिसँगै सम्पर्कमा आउन नखोज्ने र सजिलै उठाउन सकिने खालका छैनन् । त्यस्ता खालका ऋण असुली न्यायाधिकरणमा मुद्दा हाल्नुपर्ने अवस्था पनि आउन सक्छ । हामी बैंकिङ क्षेत्रमा भएकाले पनि यस्ता चुनौती आउनु स्वभाविक हो । रिकभरी सँगसँगै व्यवसायको आकारलाई पनि बढाएका छौं । जसका कारण यसपालि यति राम्रो रिजल्ट आएको हो । यदि अर्को वर्षको असोजसम्ममा अन्य कुनैपनि संस्थासँग मर्जर तथा एक्विजिसन हुन सकेन भने खराब कर्जालाई पाँच प्रतिशतभन्दा तल ल्याइसकेका हुनेछौं ।

प्रभुसँग मर्जर भएका संस्थाहरूमध्ये पनि किष्टको ऋण धेरै बिग्रिएको थियो । अरू संस्थाको बिग्रिएको ऋण खासै छैन । ठूलो रकम कमजोर भनेको किष्टकै रहेका छन् । त्यसैले हामीलाई ती कर्जा उठाउन केही गाह्रो महसुस भइरहेको छ । अहिले त धेरै ऋणीहरू सम्पर्क बाहिरै छन् । ती भनेका कमजोर स्तरका ऋणीहरू नै हुन् । जसलाई अरूले नै प्रयोग गरेर ऋण लिएको देखिएको छ । हामीले बुझ्दा उनीहरुले ऋण लिएको थाहा पनि छैन । उनीहरूको अवस्था हेर्ने हो भने कर्जा उठ्ने सम्भावना न्यून नै देखिन्छ । किष्टलाई छाड्ने हो भने खराब कर्जा अनुपात एक प्रतिशतभन्दा कम हुन्छ ।
अब हामी हकप्रद शेयर निष्काशन गर्छौं । हामीले ११ प्रतिशत घोषणा गरेका थियौं, त्यो ३२ करोडजतिको हुन्थ्यो । नेतृत्व गर्ने चाहना सबैको हुन्छ, आ–आप्mनो क्षेत्रमा । आफूलाई एउटा बिन्दुमा पु¥याउनुपर्ने थियो, त्यहाँ हामी पुगिसकेको अवस्था हो । मर्जर प्रक्रियापछि जून प्रकारको अवसर आयो, त्यो भनेको अवसरसँगै चुनौती पनि हो । हामीले यसलाई अवसरका रूपमै लिएका छौं । पछिल्लो समयमा एक्विजिसने हाम्रो भन्दा पनि ग्राण्ड बैंकका तर्फबाट आएको कुरा हो । उहाँहरूले बिनाकुनै सर्त हामीलाई लिइदिनुप¥यो भन्नुभयो । त्यसलाई हामीले स्वीकार गर्यौं ।

ग्राण्डको अवस्था हेर्दा २८ प्रतिशतजति खराब कर्जामा गएको छ । शत प्रतिशत नोक्सानी व्यवस्था भएका ऋणहरू १२ प्रतिशतजति रहेका छन् । १५ अर्बजतिको ऋणको आकारमा डेढ अर्बजतिको पूर्णरूपमा नोक्सानी व्यवस्था भएको देखिन्छ । त्यस्तै ११ प्रतिशत ऋणको ५१ प्रतिशत प्रोभिजनिङ भएको देखिन्छ । बाँकी ऋणको २५ प्रतिशतमात्र नोक्सानी व्यवस्था गरिएको छ । ७२ प्रतिशत त असल कर्जा नै हो ।

हामी आफैले बिग्रिएको संस्था खोज्ने काम गरेको होईन । हामीलाई ग्राण्ड बैंक आइलागेको हो । प्रभुको मार्केट राम्रो छ । उसलाई हामीले खोज्दै हिँडेको भने होइन । त्यहाँ भएका ग्राहक हामीले चिनेका तथा उनीहरूसँग पैसा उठाउन सकिन्छ भन्ने आत्मविश्वास भएकै कारण प्रव्रिmया अगाडि बढेको हो । त्यहाँका चार÷पाँच जना ग्राहक ट्याब गर्न सके तुरुन्तै अवस्था सुध्रिन सक्ने देखिएको छ । चुनौती पनि छ । यसले असर नराम्रो पर्न पनि सक्छ, उता यसको मात्राभन्दा सम्भावनाको मात्रा निकै बढी देखिएको छ । जहाँसम्म हामीलाई लाग्छ नकारात्मक असर पक्कै पर्नेछैन ।

अहिले बैंकमा नयाँ नियुक्ति गर्न खोजिँदैछ, त्यहाँ अलिकति व्रिmयटिभ र योङलेनै लिडरसीप लिन खोजिरहनुभएको छ । वास्तवमा यो आवश्यक पनि छ । बैंकिङ क्षेत्रमा मात्रै होइन, अन्य क्षेत्रहरूमा युवालाई नेतृत्व दिने चलन सुरु भइसकेको छ । नेपाली बैंकबाट रिटायर्डको क्रम भर्खर सुरु भएकाले नयाँ अनुहारहरूले नेतृत्व पाउँदै जान थालेका छन् । यसलाई सकारात्मकरुपमा लिनुपर्छ ।