कोही नाङ्गिन चाहन्छ भने उसलाई नङ्ग्याउनु कुन ठूलो कुरो हो र ?

दीपशिखा खड्का, मोडल

अन्तर्वार्ता, रश्मी महत 
आजभोली केमा व्यस्त हुनुहुन्छ ?
आजभोली दीपशिखा फाउन्डेशनमा व्यस्त छु ।

कति भयो कलाकारिता क्षेत्रमा प्रवेश गरेको ?
४÷५ वर्ष भयो ।

कसको प्रेरणाले यो क्षेत्रमा लाग्नुभयो ?
लोकप्रिय गायिका अन्जु पन्तले गाएको ’सपनी नै जात लाग्छ‘ भन्ने गीतमा मोडलिङ गरें । त्यसपछि यो क्षेत्रमा लागिरहन मनलाग्यो ।dip 6

पहिलो भिडियो सार्वजनिक हुँदा कस्तो अनुभूति भयो ?
एकदमै रमाईलो अनुभूति भयो । कयौंपल्ट हेरें ।

दीपशिखा फाउन्डेसनबाट भूकम्प पीडितका लागि बल्याङ्केट बाँड्नुभयो, समाजसेवामा पनि रुची रैछ हैन ?
भुकम्प आउने समयमा म नेपाल बाहिर थिएँ । पछि नेपाल आएपछि प्रभावित क्षेत्रमा जाँदा धेरैलाई जाडोले कठ्याङ्ग्रिएको देखें । यस्तो दृष्यले मन नराम्ररी दुख्यो । ८७५ वटा बल्याङ्केट वितरण गरें ।

समाज सेवा गर्न धनको पनि आवश्यकता पर्छ हैन ?
समाजसेवा गर्न धन हैन मनको आवश्यकता पर्छ । धेरै धन भएका मान्छेहरुको मन नभएको हामीले देखेका छौं । जसको समाजका लागि केहि गर्नुपर्छ भन्ने सोच हुन्छ उसलाई धन चाहिंदैन केवल पवित्र भावना भए पुग्छ ।

नेपालमा कलाकारिता क्षेत्रमा मात्रै लागेर बाँच्ने सक्ने अवस्था छ ?
कलाकारिता क्षेत्रमा मात्रै लागेर बाँच्न गाह्रो नै छ । मैले त्यहि भएर व्यापारमा हात हालेको हो ।

मोडलिङ र व्यापारलाई एकैसाथ कसरी लाँदै हुनुहुन्छ ?
मानिसको चाहना हुने हो भने हरेक चिज सम्भव छ । व्यापारलाई स्टाफहरुले सहयोग गरिरहनुभएको छ ।

फोटोग्राफर राजीवसँग फोटो सेसनको विषयमा परेको लफडा के हो ?
लफडा खासै होईन । मैले फोटो सुट गरेपछि व्यालमेलिङ भएको थियो । मलाई थाहा नै नदिई कसरी मेरो त्यस्तो फोटो आयो त भनेर । मैले खिचेको भन्दा ज्यादै भिन्न रुपमा बाहिर आएको थियो ।

केही समय डिप्रेसन र मुटु रोगबाट नी पीडित हुनुभयो रे नी ?
बिचमा अलिकति समस्यामा थिएँ । मुटुमा हल्का समस्या आएको थियो । केहि समय डिप्रेसनबाट पनि गुज्रिएँ । तर अहिले भने ठीक छ ।dip 4

आफूलाई कत्तिको राम्राी ठान्नुहुन्छ ?
म आफूलाई खासै राम्री ठान्दिन । म मान्छेको बाहिरी भन्दा पनि भित्री रुप राम्रो हुनुपर्छ भन्ने मान्यता राख्छु ।

रमाईलो गर्न कतिको मन लाग्छ ?
तपाई मलाई झट्ट हेर्दा निकै भलाद्मी देखेपनि मनमिल्ने साथीभाई देख्दा धेरै नै रमाईलो गर्न मन लाग्छ ।

पार्लर कत्तिको जानुहुन्छ ?
कहिलेकाहि जान्छु । हेयरस्टाईल आफै बनाउछु ।

कत्तिको ब्राण्ड चुजी हुनुहुन्छ ?
खासै ब्राण्डलाई ध्यान दिन्न । रेवनका चिजहरु बढी लगाउछु ।

तपाई रिलेसनसीपमा हुनुहुन्छ की ?
छैन । हालसम्म सिंगल नै छु ।

विवाह कहिले गर्ने त ?
अहिलेनै सोच छैन । केहि समय पहिले घरबाट दबाब आएको थियो । तर म सामाजिक क्षेृत्रमा लागेकाले बाबा मामूले खासै केही भन्नुभएको छैन ।

तपाईले फिल्म पनि खेल्नुभाको छ, कस्तो भुमिका मनपर्छ ?
कर्तुत, जस्ट फर यु र प्रेम विवाहमा अभिनय गरेको छु । नारी प्रधान र बोल्ड किसिमको भुमिका भएको सिनेमामा अफर आएको छ । मलाई यस्तै खालेमा अभिनय गर्न मन छ ।

तपाई खुला पहिरन लाउन मनपराउने मोडल भन्ने बजारमा हल्ला छ नी ?
खुल्ला पहिरन लगाउन मन पराउने भन्ने होईन । त्यो त ठाउँ, समय परिस्थिति अनुसार हुन्छ नी । म कस्तो ठाउँमा जाँदैछु, त्यो अनुसारको मेकअप गर्छु र पहिरन लगाउँछु ।

भविष्यको योजना के छ ?
भविष्यको योजना भनेको मोडलिङका साथै व्यापार तथा समाजसेवा गर्ने हो ।

कलाकारिता क्षेत्रमा विभिन्न खाले शोषण हुन्छ भन्ने सुनिन्छ नी ?
यो त सबै आफूमा भरपर्ने कुरो हो । कोही नाँगिन चाहन्छ भने उसलाई नङ्ग्याउनु कुन ठूलो कुरो हो र ?