यस्तो छ ‘झुम्की’ को ट्रेलर

काठमाडौँ । चलचित्र ‘झुम्की’को ट्रेलर सार्वजनिक भएको छ ।

अपिल बिष्टले निर्देशन गरेको चलचित्रको शिर्ष भूमिकामा मलिना जोशीलाई देखाइएको छ । चलचित्रमा दयाहाङ राइ नायकको भूमिका निभाएका छन्  ।

मनोज आरसी पनि चलचित्रमा मुख्य भूमिकामा छन् । रामबाबु गुरुङले चलचित्र लेखेका हुन् । अपिल विष्ट र सिने आट्सले मिलेर यो चलचित्र बनाएका हुन् । भदौ १० गते प्रदर्शन हुने भनिएको यो चलचित्र अन्तत: असोज ७ गते रिलिज हुने भएको छ ।