चर्चाका लागि आफ्नो हट भिडियो आफै सार्वजनिक गरिन् पुनमले

लामो समयदेखि चर्चा वाहिर रहेकी माेडल तथा नायिका पूनम पाण्डे अहिले फेरी एक भिडियोका कारण चर्चामा आएकी छिन् । पूनम पाण्डे अभिनित छोटो चलचित्र ‘द विकेन्ड’को केही अन्तरंग दृश्य इन्टरनेटमा छ्यापछ्याप्ती भएको छ । सोही भिडियोका कारण अहिले पूनम मिडियामा छाएकी छिन् । चलचित्रको बारेमा जानकारी दिन आयोजित कार्यक्रममा पूनमले यो भिडियो आफूले चर्चामा आउनका लागि नै सार्वजनिक गरेको जानकारी दिर्इन् ।

उनले भनिन्-‘म कुनै कपुर खानदानबाट आएकी कलाकार होइन । त्यसकारण कन्ट्रोवर्सीको छोटो बाटो रोजेकी हुँ ।’ पूनमलाई लाग्छ कि मिडियाले उनलाई छोटो कपडा र विवादित बयानका कारण चर्चा चलेकाे छ । यससँगै आफूले गरेको कामलाई सही पनि बताएकी छिन् ।

आफू यो स्थानमा आफ्नै बलले पुगेको भन्दै यी हट सुन्दरीले चर्चा पाउनका लागि नै विभिन्न हर्कत गरेको बताइन् । पूनमले अगाडि भनिन्-‘विश्वकपमा नांगिनेदेखि आजसम्म जती पनि कन्ट्रोवर्सी मैले गरेको छु, त्यो सोचेरै गरेकी हुँ । मानिस मलाई यस्तो हर्कत किन गर्छौ भनेर सोध्छन् । यो मेरो मर्जीको कुरा हो ।’ पूनमले आफ्नो नयाँ छोटो चलचित्र कुनै पोर्न मुभी नभएको पनि बताइन् । तर, आफू भएपछि केही हट भने हुने उनको धारणा छ ।