स्वास्थ्यमा सुधार आयाे ‘माग्ने बुढा’को

काठमाडाै । स्वास्थ्यमा केही समस्या आएपछि अभिनय यात्राबाट केही टाढा रहेका कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ पुन अभिनयमा फर्किएका छन् । उनी  ‘डिप्रेसन’का कारण थलिएको भन्दै मिडियामा समाचार अाएका थिए । तर स्वास्थ्य लाभ गरी  माग्ने बुढा एक म्यूजिक भिडियोमा देखिएका छन् ।

अहिले उनको आफ्नै स्वर तथा शब्द रहेको ‘मन्त्रीको सालो’ गीतको म्यूजिक भिडियोको सुटिङ भइरहेको छ । गीतमा संगीत भने हरि लम्सालको छ । ‘छक्का पञ्जा’ चलचित्रमा काम गरेपछि माग्ने बुढाले अभिनय यात्रामा थिएनन् ।