सीमा शाहको दोस्रो एल्बम सार्वजनिक

काठमाडौँ । गायिका सीमा शाहको दोस्रो एल्बम सीमा २ सार्वजनिक भएको छ । सुन्ने गीतको भन्दा पनि हेर्ने गीतको प्रचलन बढीरहेको वर्तमान अवस्थामा अडियो सि.डि. निकाल्ने श्रष्टाहरुमा कमि आएको छैन । यसै क्रममा मिठो स्वरकी गायिका सिमा शाहले हालै एकल स्वरमा अडियो सि.डि. ‘सिमा २’ सार्वजनिक गरेकी छन् ।

मिठा–मिठा सात वटा गीत संग्रहित ‘सिमा २’ मा फुल हु म डाली डाली, मेरो हर स्वासमा तिमि,कसमै तोडी जानेलाई, भुलु कसरि तिम्रो याद, किन जुधे आखा भन्थे, अल्झिदा एकै छिन, ओठले भन्न सकिन जस्ता सुमधुर गित हरु एल्बम मा समाहित छ l सन्तोष पोखरेल, समिर राई, सारिका घिमिरे, शंकर श्रेष्ठ, लय संग्रौला, ललिता कुँवर, अशोक महर्जनको शब्द रहेको छ भने बिक्रम थापा, कमल खत्री, करणराज कार्की, स्व. रत्न बहादुर खड्गी, स्व. राम थापाको संगीत सिर्जना रहेको छ ।

‘सिमा २’ लाई सान्तोना रेकर्डस् नेपालले बजार ब्यवस्थापन गरेको छ ।