प्रेमिकाले छाडेपछि राजेश हमाललाई छटपटी

काठमाडौँ । नायक राजेश हमालले हालै पूर्व मिस नेपाल उषा खड्गीको साथमा एक भिडियोमा मोडलिङ गरेका छन् ।

‘निदाएको थिए’ बोलको गीतमा हमालको प्रेम पीडा देखाइएको छ । ‘रीया’ एल्बमबाट लिइएको यो गीतमा राज सागरको आवाज, खेम रिजालको शब्द र राज सागरकै संगीत छ । केदार धितालले यो भिडियोको निर्देशन गरेका हुन् ।

ज्ञानेन्द्र शर्माले खिचेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । रोहित बस्नेतले भिडियोमा कोरियोग्राफी गरेका छन् ।