सलमान र ऐश्वर्या फेरि सँगै

काठमाडौँ । सलमान खान र ऐश्वर्या राय बच्चन फेरि संगै देखिने भएका छन् ।

फिल्म समिक्षक राजिव मसन्दले ऐश्वर्या र सलमान फेरी एकपटक संगै पर्दामा देखिने खुलासा गरेका हुन्। सलमान र ऐश्वर्याको ब्रेकअपको खबर अहिलेपनि चर्चामा आउने गर्छ। बलिउडमा सबैभन्दा रुचाइएको जोडी ब्रेकअप पश्चात एउटै कार्यक्रममा देखिनु पनि दुर्लभ थियो, एउटै फिल्म खेल्नु त परको कुरा।

यी सबैको पश्चात ऐश्वर्या ती पुराना दिन बिर्सन तयार देखिन्छिन्। अब सलमानसंगको पुरानो सम्बन्धले ऐश्वर्यालाई असर पार्ने छैन।