२० बर्षपछि फेरि आउदैछ ट्वाक्क टुक्क

काठमाडौँ । सर्बाधिक लोकप्रिय कार्यक्रम ट्वाक्क टुक्क पुनः आउने भएको छ । यहि शुक्रवार बेलुका साढे सात बजेबाट प्रसारण हुने कार्यक्रमलाई एड रिलिजले निर्माण गर्न लागेको हो भने निर्देशन दिनेश डिसीको नै रहनेछ ।

नेपाली टेलिभिजनबाट दर्शकको चाहना र रोजाईको सर्बाधिक सफल त्यो बहुचर्चित टेलीसिरीयल ट्वाक्क टुक्कको नयॉ संस्करणमा दिनेश डिसी, महादेव त्रिपाठी, रेशम फिरिरी,शुशिला निरौला(बिम्ली), जुंगे भट्टराई, माधब पण्डित,शंकर पाण्डे, सुरेश असिम आदिको साथमा चर्चित पत्रकार ऋषि धमलाको पनि अभिनय रहने निर्माण पक्षले जनाएको छ ।

२० बर्षअगाडी बहुचर्चित निर्देशक आवाजको दुनियाको साथी दिनेश डिसी निर्देशित त्यै बहुचर्चित कार्यक्रमबाट अहिलेका कलाकारहरु दिपकराज गिरी, जितु नेपाल, गोपाल नेपाल फिस्टे, नारद खतिवडा, नारायण त्रिपाठी, रबी लामीछाने, महादेब त्रिपाठी, राजन घिमीरे लगायतको ऊत्पादन भएको थि़यो ।