फेमस होला त ‘द फेमस’ ? (हेर्नुस ट्रेलर)

काठमाडौँ । यहि कार्तिक १९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म द फेमसको ट्रेलर सार्वजनिक भएको छ । बलामी फिल्म ईन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको द फेमसको २ मिनेट २२ सेकेण्ड लामो ट्रेलर निर्माण टिमले सोमबार सार्वजनिक गरेको हो ।

 फिल्मलाई संञ्चारकर्मी समीर बलामीले निर्देशन गरेका हुन् । सार्वजनिक ट्रेलरमा मुख्यतः गीतलाई प्रथामिकता दिईएको छ । एक एनिमेशन गीत र एक सेन्टिमेन्टल गीतलाई प्रस्तुत गरिएको छ । यसको साथै ट्रेलरले माया, प्रेम, वियोग, फेमीली ड्रामा बोल्छ ।
ट्रेलरमा प्रमोद खड्का, सविना कार्की, सुरबी जैन विष्ट, सोनीया जिआर, सुमन थापा, सुरेश चौधरी, रश्मी भट्ट, प्रभात बलामीलाई देखाईएको छ । चलचित्रमा सबै गीत एनिमेशन गरिएको निर्माण पक्षले बताईएको छ ।
डबल लभ स्टोरी र फेमली ड्रामा भनिएको फिल्मलाई अशोक कार्कीले खिचेका हुन् । फिल्ममा टंक बुढाथोकी र सन्तोष प्रगादको संगीत छ । बाबु बलामीको द्वन्द्व, सुधिर श्रेष्ठ र सुरेश चौधरीको नृत्य रहेको फिल्मका अर्का निर्माता अनिल महर्जन हुन् ।